काठमाडौं । बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ। भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका ३२ वर्षीय सुजितकुमार सिंहलाई खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको हो ।
बारा प्रहरीका प्रवक्ता दधिराम न्यौपानेले गएराति आठ बजे बाराको विश्रामपुर गाँउपालिका—३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा खुट्टामा गोली हान्नुपरेको बताए ।
सिंहको दुवै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भइरहेको छ।उनको साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसमेत बरामद गरेको छ।
पक्राउ परेका सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीले बताएको छ। गत कात्तिक १३ गते प्रिन्सिपल स्वर्णकारको हत्या भएको थियो।































