वैद्य नेतृत्वको कम्युनिस्टको मार्चपासमा प्रहरीको हस्तक्षेप

काठमाडौं । मोहन वैद्य नेतृत्वको कम्युनिस्ट पार्टीको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ । सडक ढाकेर कार्यक्रम गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

कार्यकर्ता र प्रहरीबीच कुर्सी हानाहान समेत भएको छ । माओ दिवसको अवसरमा वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा कार्यक्रम आयोजना गरिएको थियो । सो क्रममा रत्नपार्क शान्ति बाटिका क्षेत्रको सडक अवरोध भएको थियो

काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलका अनुसार बाटो खुलाउन खोज्दा वैद्यका कार्यकर्ता र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको हो । अहिले अवस्था सामान्य छ ।