देशबासीलाई प्रधानमन्त्रीको सम्बोधन : देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मासमीक्षामा रहेको बताएका छन् । देशबासीका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन ।
सरकार असफल नभएको तर आफ्नो हुटहुटीअनुसार सरकारले काम गर्न नसकेको जनतासामु स्वीकार गरेका छन् ।
म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन। तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन, ’राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने ।
सरकारले कार्यशैली सुधार गरेर अगाडि बढ्ने तयारीमा रहेको बताए। बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा रहेको उनले बताए।