सुर्खेत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले जाजरकोटमा ६० वटा अस्थायी टहरा निर्माण गरेको छ ।
भकम्प पिडितलाई अस्थायी बसोबासका सो टहरा बनाइएको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले बताए ।
तरुण दलका अध्यक्ष विद्वान गुरूङसहित आबद्ध युवाहरू भूकम्पपीडितलाई टहरा बनाउन श्रमदान गरिरहेका छन् । पोख्रेलका अनुसार आज श्रमदान गरेको आठौँ दिन हो ।
टोलीले खलंगामा पनि ३० वटा टहरा बनाउने तयारी भइरहेको जनाएको छ ।
































