रवि लामिछानेमाथि खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखिने

कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गर्ने युवकलाई १० दिन हिरासतमा राखिने भएको छ ।
उनलाई कास्की प्रहरीले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने भएके हो ।
लामिछानेमाथि शनिबार अमरसिंह चौरमा आयोजित कार्यक्रममा बोल्दै गर्दा ती युवकले खोया प्रहार गरेका थिए । उनी लमजुङ राइनासका सन्तोष रानाभाट हुन ।
रानाभाटले प्रहरीलाई नियतवश खोया नहानेको बताउदै आएका छन् ।
सभापति लामिछानेले भने शनिबार कार्यक्रममै रानाभाटलार्ई पक्राउ नगर्न प्रहरीलाई आग्रह गरेका थिए । लामिछानेले आफुमाथि भएको खोया घरमा सझाउने घोषणा गरेका थिए ।
‘पूर्वगृहमन्त्रीको हैसियतले कास्की प्रहरीलाई आदेश दिन्छु, उनलाई नथुन्नू, मगमग बसाउने फूलको थुंगा दिएर घर पठाइदिनू,,’ लामिछानेले भनेका थिए ।
तर, प्रहरीले रानाभाटलाई हिरासतमै राखेर अनुसन्धान गर्ने भएको छ ।