धनकुटामा एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार

धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् ।

भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा स्थानिय महेश राईले मुक्का प्रहार गरेका हुन ।

ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीच अघि बढेका उनले ओली नजिक्कै पुगेर मुक्का प्रहार गरे ।