काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दाको सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।
खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएका थियो । त्यसैले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो ।
उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्नेछ ।































