हुम्ला । हुम्लामा यस वर्षको दोस्रो पटक हिमपात भएको छ । हिमपातले हुम्लाको सदरमुकाम सिमकोट सेताम्य भएको छ ।
गाउँपालिका र नाम्खा गाउँपालिकाका स्थानियको जनजिवन प्रभावित बनेको छ । जाडोको कारण घरबाट बाहिर निस्कन नसकिएको पनि उनले बताए ।
स्थानियका अनुसार चिसोले खानेपानीका धारामा समेत पानी जम्न थालेको छ ।
तापक्रम माइनसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

































