आजदेखि काठमाडौं महानगरपालिका भित्र प्लाष्टिकका खोल भएका सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्ण निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि प्लाष्टिकका खोल भएका सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा रोक लगाएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको हो ।

महानगरले एक सुचना जारी गर्दै आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको महानगरले जनाएको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न रोक थियो लगाइएको महानगरको सुचनामा उल्लेख छ ।