सर्केगाड । सर्केगाड गाउँपालिकामा हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ ।
हुम्लामा विकराल बन्दै गएको महिनावारीको समस्यालाई मर्यादित बढाउने उदेश्यले महिनावारी स्वच्छता सम्बन्धि जनचेतनामुलक सांङ्गितिक महोत्सव कार्यक्रम सम्पन्न गरिएको हो ।
सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाका अनुसार महिनावारीको समयमा कोही पनि महिला अपहेलित हुन नपरोस् भन्ने हेतुले महोत्सव सम्पन्न गरेको बताए ।
सुस्वा परियोजनाको आर्थिक सहयोग सम्पन्न भएको कार्यक्रमले पालिकाभरमा महिला जागरणको प्रभाव परेको पनि उनले बताए ।
गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की मुक्तिले महिला हिंसाविरुद्ध आयोजना गरिएको कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताए ।
‘पछिल्लो समय देशभर बढ्दै गएको महिला हिंसाका विभिन्न समस्यामा परेको महिलाहरुमा जनचेतनाको स्तर वृद्धि गराउनु कार्यक्रमको आयोजना थियो । जनचेतनामुलक कार्यक्रम राष्ट्रिय कलाकार महिलाहरुबाट प्रसारण गरि समाजलाई महिला हिंसा विरुद्ध सचेत गराउनु यसको सन्देश थियो,’ उपाध्यक्ष कार्कीले भने । 
महोत्सवमा राष्ट्रिय कलाकार रेखा जोशीसहित अन्य कलाकारहरुको उपस्तिथिति थियो ।
कार्यक्रममा पुर्व संविधान सभा सदस्य रिता शाही, सर्केगाड गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, अदानचुली र ताँजाकोट गाउँपालिका अध्यक्ष, विभिन्न संघ संस्थाका पदाधिकारी, आम नागरिक लगायत करिब तीन हजार जनाको उपस्थिति रहेको थियो । 































