माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं  । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

निर्वाचन आयोगको परामर्शअनुसार निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ । त्यसको ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।