काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो ।
बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
पाण्डे र तिम्सेनाले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषय असहमति राखेका थिए । सोही कारण पार्टीले उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुको जबाफ चित्तबुझ्दो नभएपछि उनीहरुलाई कारबाही गरिएको हो ।
त्यस्तै, पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसंग असहमति राखेर आफ्ना विचर प्रकट गरिरहेको थिए ।
































