सिन्धुपाल्चोक । जुगल गाउँपालिकाले आँखाको मोतीबिन्दु नि:शुल्क शल्यक्रिया गरिएको छ । जुगल गाउँपालिका र रिडले आइ फाउन्डेसनको आर्थिक सहयोगमा शल्यक्रिया गराएका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ मा सरकारले सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम सञ्चालनमा ल्याएका थियो। सोमबार पालिका भवनभित्र ३५ जनाको शल्यक्रिया गरिसकेका छन् ।
एकै पटक गाउँ पालिकामा यति धेरैमा मोतियाविन्दु देखा पर्नाले जुगलमा मोतियाविन्दुको भयावह स्थिति देखिएको पालिका अध्यक्ष रेशम स्याङ्बोले बताए ।
“मोतियाविन्दु रोगको उपचार शल्यक्रिया मात्र भएकाले ग्रामीण भेगमा आँखाको परीक्षण गर्न सर्वसाधारणले आनाकानी गर्दा मोतियाविन्दुका बिरामी बढेका छन् । जुगलमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरेका हुन्,”उनले भने।
आँखा परीक्षण शिविरमा आएका प्राय जसोमा मोतिविन्दु देखा परेको छ। बढ्दो उमेर आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव धुलो र धुवाँसँगै बिताउने जीवनशैलि बिरामीको अस्पतालसम्मको पहुँचमा कमी वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण रहेको उनको भनाई छ।
आँखाले राम्रोसँग देख्ने छोडेको दुई तीन वर्ष भयो । अहिले पालिकामा नि:शुल्क उपचार गर्न पाउँदा खुशी छु। आज राती यहीँ बस्ने भोलि आँखा खुलाएर अप्रेसन पूरा भएपछि घरमा जाने बिरामीहरू बताउँछन् ।

































