हुम्ला । सोमबार विहानैदेखि हुम्लामा परेको हिमपातले हुम्लाको सदरमुकाम सिमकोट सेताम्य बनेको छ । हिमपातका कारण जनजिवन प्रभावित बनेको सर्केगाड गाउँपालिका वडा नम्बर १ का पूर्वअध्यक्ष गोकुल बुढाले बताए।

उनका अनुसार हुम्लाको तापक्रम माइनसमा झरेको छ । बुढाले एकफिट हिँउ जमेकाले अत्याधिक जाडो बढेको कर्णाली बुलेटिनलाई जानकारी दिए । सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाका स्थानियको जनजिवन प्रभावित बनेको छ ।
जाडोको कारण घरबाट बाहिर निस्कन नसकिएको पनि उनले बताए । चिसो बढेसँगै हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस १२ डिग्री सेल्सियस पुगेको छ ।
































