
हुम्ला । सोमबार विहानैदेखि हुम्लामा परेको हिमपातले हुम्लाको सदरमुकाम सिमकोट सेताम्य भएको छ ।
हिमपातका कारण जनजिवन प्रभावित बनेको सर्केगाड गाउँपालिका वडा नम्बर १ का पूर्वअध्यक्ष गोकुल बुढाले बताए ।उनका अनुसार हुम्लाको तापक्रम माइनसमा झरेको छ ।
बुढाले एकफिट हिँउ जमेकाले अत्याधिक जाडो बढेको कर्णाली बुलेटिनलाई जानकारी दिए ।सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाका स्थानियको जनजिवन प्रभावित बनेको छ ।
जाडोको कारण घरबाट बाहिर निस्कन नसकिएको पनि उनले बताए । हुम्लामा अहिले पहिलो पल्ट हिमपात परको हो ।































