काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षकी उम्मेदवार देवकी तिमिल्सिनाले चुनावी अभियान तिब्र रुपमा अगाडि बढेको छ ।
देवकी जनयुद्धकी जनकलाकार तथा संचारकर्मी हुन् । उनी माओवादीका बौद्धिक नेता डा. दीपेन्द्र रोकायाकी श्रीमती हुन ।
नेपाली कांग्रेसका तर्फबाट सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढा उम्मेदवार बनाइएको छ । त्यस्तै नेकपा एमालको तर्फबाट जाना शाहीलाई उम्मेदवार बनाइएको छ ।
एमाले यतिबेला सर्केगाड गाउँपालिकाका आठवटै वडामा विभिन्न नेताको नेतृत्वमा टोली परिचालन गरी घरदैलोमा व्यस्त छ।

यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा सर्केगाडको अध्यक्षमा कांग्रेसका ठानबहादुर रोकाया र उपाध्यक्षमा माओवादीका चन्द्रसिंह कार्की निर्वाचित हुनुभएको थियो।
सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा उपाध्यक्ष कार्कीको दुर्घटनामा परी निधन भएपछि रिक्त उक्त पदका लागि सर्केगाडमा उपनिर्वाचन हुन लागेको छ ।

































