प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन् । शनिबार उनलाई फोक्सो सम्बन्धी समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीले बुवालाई फोक्सोसम्बन्धी समस्या देखिएको जानकारी फेसबुकमार्फत दिएका छन्।

‘बुवालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्।
शनिबार दिउँसो अस्पताल पुगेर प्रधानमन्त्री ओलीले आफ्ना बुवालाई भेटेका थिए।
बुवाको स्वास्थ्य सामान्य रहेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिएका छन्।