काठमाडौं । साफ माहिला च्याम्पियनसिपमा नेपाल र भारतबीचको अवरुद्ध खेल पुनः सुरु भएको छ ।खेल सुरु भए लगत्तै नेपाली खेलाडी सावित्रा भण्डारीले गोल गरेकी छन् ।
खेल १-१ को स्थितिमा पुगेको छ ।
नेपालले गरेको गोललाई रेफ्रेले मान्यता नदिएपछि फुटबलको दोस्रो सेमिफाइनल खेल सकिनुपर्ने बेलामा पनि विवादमै अल्झिएको थियो । सुरुमा रेफ्रीले त्यो गोललाई मान्यता दिए । भारतले प्रतिवाद गरेपछि खेल विवादमा परेको छ ।
खेलको ७१ मिनेटमा भारतले सुरूआती अग्रता लिएको थियोे। उक्त गोलको उत्सव मनाइरहँदा नेपाली खेलाडीले बल चलाएका थिए। तर, रेफ्रीले उक्त कुरालाई मान्यता दिएका थिए। तर, प्रीति राईले खाली पोस्टमा गोल पनि गरेका थिए।































