संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले मर्माहत र स्तब्ध छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।
‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।
नेम्वाङको गयराति ह्दयघातका कारण निधन भएको थियो ।