काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) दुई दिन पार्टी कार्यालयमा राखिने भएको छ । श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको हो ।
उनको भोलि अपराह्न मात्रै अन्तिम संस्कार गरिने भएको पार्टी कार्यालयले जनाएको छ । नेम्वाङको पार्थिव शरीर अहिले ७ बजे ललितपुर च्यासलस्थित पार्टी कार्यालय लगिनेछ ।
संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम– २ बाट निर्वाचित सांसद थिए । ह्दयघातका कारण नेम्वाङको गयराति १ बजे निधन भएको थियो ।
































