एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । ह्दयघातका कारण अस्पताल लगिएकोमा अस्पताल पुग्ने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका हुन ।
उनलाई राति १ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको थियो ।

उनको निधनपछि एमाले अध्यक्ष केपी शर्मा ओली अस्पताल पुगेका छन् । नेम्वाङ पुर्वसभामुख भइसकेका थिए । २०५६ सालयता इलामबाट लगातार चुनाव जित्दै आएका थिए । उनी एमाले संसदीय दलको उपनेता हुन ।