सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका ढाडेबाट एक पुरुष सम्पर्क विहिन भएका छन् ।
जुगल गाउँपालिका वडा नं २ गोल्चे स्थायी घर ४८ वर्षीय सुरेन्द्र स्याङ्बो सम्पर्क बिहिन भएका हुन् ।
ढाडे बजारमा ब्यवसाय गर्दैै आएका स्याङ्बो बुधबार बिहानबाट सम्पर्क विहिन भएको परिवारले जनाएको छ ।
उनी लामो समयदेखि जुगल ढाडेमा पसल व्यवसाय गर्दै आएका थिए । उनी साउन १६ गते बिहान ५ बजेबाट सम्पर्क बिहिन भएका हुन् । उनका आफन्तले उनी ब्रम्हायाणी नदिमा हाम फालेको आशंका समेत गरेका छन् ।
उनलाई देख्ने जो केहीले नजिकैको प्रहरी चौकी अथवा ९८४१३४००९३ मा सम्पर्क गरी सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ ।






























