काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ। आज बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने/नदिनेबारे छलफल हुनेछ। शुक्रबार बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।
आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ।































