काठमाडौं । मोरक्कोमा भुकम्पमा मृत्यु हुनेको संख्या दुई हजार १२२ पुगेको छ । शुक्रबार राति ११ः ११ बजे गएको शक्तिशाली भुकम्पमा दुई हजार ४२१ जना घाइते भएको बिबिसीले जनाएको छ ।
अहिले पनि मोरक्कोमा भुकम्पका परकम्पहरु गइरहेको बीबीसीले जनाएको छ । मृतक र घाइतेहरुको खोजीकार्य पनि भइरहेको जनाइएको छ ।































