काठमाडौं । आज विराटनगरमा समाजवादी मोर्चाले सन्देश सभा गर्ने भएको छ । सत्तारुढ चार दल नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा विप्लब आवद्ध समाजवादी मोर्चाको सन्देशसभा हुने भएको हो ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सभालाई सम्बोधन गर्नेछन् ।
सभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् ।
































