युरोकपमा इटाली विरुद्ध स्पेनको विजय

काठमाडौं । युरोकप २०२४ को खेलमा स्पेनले इटालीसंग १–० गोलअन्तरले विजयी हासिल गरेको छ ।
बिहीबार सम्पन्न खेलमा इटालीलाई पराजित गर्दै स्पेनले युरोकपको अन्तिम १६ मा स्थानमा पुगेको हो ।

५५ औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले गरेको आत्माघाती गोल गर्न पुगेका थिए । समूह चरणको पहिलो खेलमा स्पेनले क्रोयशियालाई ३-० गोलले पराजित गरेको थियो।