इलाम–२ मा रास्वपाबाट मिलन लिम्बूको मनोनयन दर्ता 

काठमाडौं । इलाम २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट मिलन लिम्बुले मनोनयन दर्ता गराएका छन् । वैशाख १५ गते हुने उम्मेदवारी दर्ता गराएका हुन ।

 

लिम्बूको मनोनयन दर्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सह–महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी तथा बिपिन आचार्यको उपस्थिति रहेको थियो ।

इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याल लगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै र्‍यालीसहित मनोनयन दर्ता गराउन गएका थिए ।

 

लिम्बूको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सह–संयोजक सन्तोष श्रेष्ठ तथा समर्थकमा तेजकुमार श्रेष्ठ छन्।

 

पूर्वसंविधान सभा अध्यक्ष तथा एमालेका वरिष्ठ नेता सुबास नेम्वाङको अप्रत्यासित निधनपछि इलाम– २ मा उपनिर्वाचन हुन लागेको छ ।