विराटनगर ।कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले र राप्रपा गठबन्धनका उद्धव पौडेललाई पराजित गराउँदै निर्वाचित भएका हुन ।
सिटौलाले प्रतिस्पर्धीभन्दा ७३० मतभार बढी ल्याएका छन् । सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए ।
सिटौलाले कुल ५२९२ र पौडेलले ४५६२ मतभार पाए । सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।































