कर्णालीमा गठबन्धनका उम्मेदवारले एकसाथ गरे मनोनयन दर्ता

सुर्खेत । राष्ट्रिय सभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले एकसाथ मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन ।

तीनवटा सिटमा हुने निर्वाचन अन्तर्गत कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको भागमा एक एक सिट परेको छ ।

जस अन्तर्गत महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल दैलेख, दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ कालिकोट र अन्यतर्फ कांग्रेसका कृष्ण रोकाया उम्मेदवार छन् ।