काठमाडौं । बिहीबार मध्यरातिपछि नेपालबाट उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने छ । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले उल्का वर्षा हृर्न पाइनेछ ।
खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । मध्यराति १२ बजेपछि ३,४ बजेसम्म उल्का बर्षा हेर्न पाइनेछ ।
वैज्ञानिकहरुका अनुसार वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ ।































