अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना

काठमाडौं । नयाँ बन्ने सरकारमा र्थमन्त्री विष्णु पौडेल हुने सम्भावना बढेको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार पहिलो चरणको सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् भने दोस्रो चरणको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने भएका हुन।

एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने प्रारम्भिक सहमति भएको थियो।

सो सहमतिसँगै अर्थमन्त्रीमा विष्णु पौडेल आउने सम्भावना बलियो बनेको छ।