काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी घटाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनम) स्वीकृत गर्दै दरबन्दी घटाउने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले घटेका दरबन्दीबारे पछि विस्तृतमा जानकारी गराइने जानकारी दिइन्।
प्रधानमन्त्री कार्यालयमा हाल २३४ जना कर्मचारी छन्।































