काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर भएको छ ।
अधिवक्ताहरू दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले संयुक्तरूपमा दायर गरेको रिट दर्ता भएको हो ।
बिहीबार दायर भएको रिटमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाएका छन् ।
मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा सर्वोच्च अदालतले शुक्रबारको पेसी तोकेको छ ।
रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० ले गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिएपनि गर्भनर अधिकारीले स्नाकोत्तर नगरेको दाबी गरिएको छ ।
गभर्नर अधिकारी चार्टर्ड एकाउन्टेन्ट रहेको र त्यो स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता नभएको पनि रिटमा उल्लेख गरिएको छ ।






























