सरकारले हमास आक्रमणमा मारिएका नेपालीको परिवारलाई दियो १०/१० लाख राहत

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ ।

असोज २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार हमास आक्रमणमा परी निधन भएका नागरिकका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो । जिल्ला प्रशासन कार्यालयमार्फत राहत उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो ।