प्रधानमन्त्री प्रचण्डको अमेरिका र चीन भ्रमणमा ४ करोड ७४ लाख खर्च

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको प्रतिनिधि मण्डलको अमेरिका र चीन भ्रमणमा चार करोड ७४ लाख रूपैयाँ खर्च भएको खुलेको छ ।

अर्थ मन्त्रालयले यो खर्च भुक्तानीको लागि परराष्ट्र मन्त्रालयको नाममा रकम निकासा गर्दा सो रकम खर्च भएको खुलेको हो ।
प्रधानमन्त्री भदौ ३० गते अमेरिका प्रस्थान भएका थिए। त्यसपछि उनी अमेरिकाबाटै असोज ५ गते चीन पुगेका थिए।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको औपचारिक भ्रमणका क्रममा खर्च भएको सो रकम अर्थ मन्त्रालयले निकासा गरेको छ ।