काठमाडौं । सात दिनको निरन्तर वृद्धिपछि सेयर बजारमा करेक्सन आएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको हो।
अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा बिहीबारको कारोबारमा करेक्सन आएको छ। बिहीबार नेप्से परिसूचक ३२.७७ अंक घटेर २१०९.१० विन्दुमा झरेको छ।
बुधबार ७ अर्बको शेयर खरिदबिक्री भएको बजारमा बिहीबार ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


























