सिमकोट । हुम्लामा एक विद्यालयले विद्यार्थीहरुलाई हिउँमै बसाएर पठनपाठन सुरु गरेको छ । सिमकोट गाउँपालिका– ७ डाँडाफया गाउँमा रहेको कैलाश माध्यामिक विद्यालयले मंगलबारदेखि हिउमै पठनपाठन सुरु गरेको हो ।
कक्षाकोठाभित्रचिसो हुने भएकोले हिउँ जमेको चौरमा पढाउन बाध्य भएको सो विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्याक मेजबहादुर बुढाले हिमपात भएपछि कक्षा कोठाभित्र निक्कै जाडो हुने देखिएपछि बाहिर हिउँ जमेको चौरमा पठनपाठन सुरु गरिएको बताए ।कक्षामा बिधार्थी बसेर पढ्ने तथा शिक्षकलाई पढाउन सक्ने अवस्था चिसोको कारण नभएपछि बाहिर हिँउ भएपनि घाम लागेको चौरमा डेस्क बेन्च राखेर पढाई सुचारु गरिएको उनले बताए ।
विद्यालयले चौरमा बालविकास देखि कक्ष दशसम्मका झण्डै तीन सय विद्याथीलाई राखेर पढाई सुरु गरेको उनको भनाई छ ।
हुम्ला जिल्लाका सबै विद्यालयहरुमा पुस पहिलो हप्ताबाट वार्षिक परिक्षा सुरु हुने भएकाले पनि शैक्षित्र शत्रको अन्तिममा यसरी पढाउनुको विकल्प नरहेको बुढाले बताए ।
































