भैलोको शुरुवात, लोक स्वीकारोक्ति तथा यसको प्रभाव

१. पृष्ठभूमि
हरेक कुरा राज्य शक्तिसँग जोडिएको हुन्छ । नागराजद्धारा वि.सं. १२०६ मा सवा लाख पर्वतको खस राज्य स्थापना भएको थियो। उनले आफ्नो राजधानी शिवको शिू र जालन्धरको जा बाट शिजा नामाकरण गरा थिए। देउ र उठा. देउठा अर्थ नीति अपनाएर राज्यको स्रोत बढाएका थिए। हरेक घरबाट घर¸ राज्य र व्यापारमा संलग्न गराइएको थियो। यसैले राज्य बलियो मात्र होइन शिजा साम्राज्यका नाममा राज्य विस्तार पनि भएको पाइन्छ ।
यस्तो राज्य पनि वि.सं. १४६१ मा भाइ भाग लाग्नाले जगतिपुर, रुकुम, सल्यान, विलासपुर र जुम्ला राज्य बन्न पुग्यो। यही समयमा जुम्ला छिनासिमबाट राज्य सञ्चालन गरेका कालैका बलिराजले भैलो माग्न लगाएका हुन्। उनले यो कार्य मानसरोवरबाट शुरु गर्न लगाएका थिए।

कैलाशको दर्शन गरी लोकको भलो चिताएर राज्य चलाउनका लागि अतिरिक्त कर माग्न जाँदा कयौ ठाउँमा जवरजस्ती गर्न परेको थियो। राज्यबाट माग्न गएकाहरुले हामी त्यसै आएका होइनौ¸ बलिराजले पठाएका हुन् भनेपछि हरेकले त्यसोभए भैगो लेउ र जाउ भनेको र कालान्तरमा यो दान भलो कार्यमा खर्च होस् भन्दै जाँदा भैलोमा संश्लेषण भएको पाइन्छ। यसले एउटा संस्कारै बसाल्न पुगेको छ। भैलो शुरु भएको आज ६१९ वर्ष भई सकेको छ।

वि.सं. १८४६ मा आइपुग्दा नेपाल विस्तारबाट खस राज्यको नामोनिसान मेटियो। करिव २२९ वर्षपछि जनयुद्ध, जनआन्दोलन र कर्नाली प्रदेश स्थापनाको लागि भएको आन्दोलनले कर्नाली प्रदेश सरकार गठन गर्ने अवसर प्राप्त भयो। शिजा सभ्यताको उत्खनन् प्रयास ९२०२८०, कर्नाली प्रदेश सभामा शिजा सभ्यता संरक्षण तथा विकास ऐन, २०७८ दर्ता मात्र भयो। अगाडि बढ्न पाएन। मध्यपश्चिम विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय शिजा सभ्यताको अध्ययन अनुसन्धान गर्न खोजिएको पाइन्छ।

यसला कर्नालीको जागरण काल शुरु हुँदै गरेको रुपमा लिन सकिन्छ। यहाँ कर्नालीमा भैलो परम्पराको शुरुवात र विस्तार तथा यसको प्रभाव हेर्न कहाँ कसरी पुकारिन्छ भनी हेर्न खोजिएको छ ।

२. विभिन्न दराहरुमा खेलिने भैली गीतहरु
क) जुम्ला
जुम्लाका राजा बलिराजले स्थापित गरेको भैलो दुई पटक मनाइन्छ। सानो भैलो मंसिरमा र ठुलो भैलो पुसमा मनाइन्छ।
जब रवि जान्याइ छन् गुरुका धनु राशमा
शुभ कार्य कै हुन्नन् यै पौष मासमा
रिथिथिति थाम्नलाई भैलो चलन चलाया
बलिराजले भैलेरा मानसरोवर पठाया

मानसरोवर पुगेर भैलो खेल्या भैलेरा
सरवर नुहाई कैलास घुम्या तिनफेरा
यो भैलो काँबाट उब्ज्यो मानसरवरबाट
सरोवरका भैलाले क्या क्या खान्की पायोरु
सरोवरदयै उठ्या भैलो ताख्लाखर पुग्यो
ताख्लाखारका भैलोले तामो खान्की पायो
ताक्लाखरद्यै उठ्या भैलो सहर गुम पुग्यो
सहर गुमका भैलाले जिम्मुवाली पायो।
सहर गुमद्यै उठ्या भैलो जुम्ला चौधान पुग्यो
चौधान चौरका भैलाले क्या क्या खान्की पायोरु
चौधान चौरका भैलाले अड्डा खान्की पायो।

हे औसी बार दर बुधबार
दमारे खौली बाँसमा जोली
बाँसयभित्र आग्याँन ताप्या
पिपल ढाल्या पिपल पाती
रायकी छाती राय जमाउनु
बाखरी खानु यो बाखरी
कसु सुहालरु भैलो सुहाला
भैलेरा आया ऋतु जनाया
ऋतुको माया हाम्री खेल्नी चाह्या
चार्या पैचार्या ढाल मौरु ढाल
काट पुरबाल भेडी जङ्गल
भैलाका रात्री चौथामी छेडो
पच्यामी घोडो¸ घोडा घोडाउली
छेडो छेडाउली भैलो गयो दाङ
अरु क्यै नमाग मोहर पैसा माग।

ताई तल जाउला छ्याई छ्याई गनौला
कस्ले दिया भनौलारु जिम्मुवालले दिया भनौला
नामै चलाउला नामैकी माया
हाम्री खेल्नी चार्या चार्या पैचास्या
दुवाजन जेलिया¸ पाथाजन भरिया
पिप्ल जन गाज्या¸ लाख बर्ष बाँच्या।

घार मौरा आइ वाज
ल्हासा घोडा शिर ताज
अन्न भैलो दिन्यालाई अनिकाल नपरोस्
मोहर पैसा दिन्यालाई दाल्दले डेरा नगरोस् ।
९संकलक स् राजबहादुर कुवर, जुम्ला०

ख) हुम्ला
हुम्लामा खेलिने भैली गीत यस प्रकार रहेको छ–
यो भैलो कइको रु
रामचन्द्रको ।
यो भैलो कइको रु
लछुवानको ।
बाख्रा देउला राम्मै लिउला–२ ।
कस्को भनान्ना रु
भला मान्ठ भनुँला ।
नाम चलाइ दिउला–२।
यो भैलो कैको रु
बाह्रै देवको ।

यो भैलो कैको रु
चारै लिंगाको ।
यो भैलो कैको रु
सीता पार्वतीको
बगाई ल्यायो लोरा
यहाँ भित्र घरिनाको कोलभरी छोरा ।

गाई गोठ राजा¸ तिम्ले दिया खाजा
खाजई खजेउटी¸ पाँणै मजेउटी
पाणै घोडो घोडै क्या देउला¸ बाकरै देउला
बगाई ल्यायो लौक्या¸ यहाँभित्र बस्ने बुरेउलीऔं¸
निका राम्रा छौक्या रु

तिम्ले दिया बाकर
चडी पन्ट लिउँला
कनले दियो भनौला रु
सभामा बस्ने बुरेउलीले दिया भनौला
नाउ चलाई लिउला ।

जो¸जो देला खाल
सभामा बस्ने बुरेउलीको घरमा सुन पुनाल
जो¸ जो देला सुपो
सभामा बस्ने बुरेउलीको घरमा रुपो
जो¸ जो देला पाथी
सभामा बस्ने बुरेउलीको घरमा हाती
जो¸जो देला मानु
सभामा बस्ने बुरेउलीको घरमा रानु ।।।।
०००
भैल्या पुर्णिमाको दिनमा खेल्ने भैली गीत–
आइ औँसीको बाह्र¸ पुर्णिमाको चन्द
दैचावल्या बिन्द
कठन लेक चिल्दारु फूल्योरु
त्यही चिल्दारु कोट बइन्या राजाले ल्याया भैलो ।

आयो भैलो सस्याईलो¸ गयो भैलो निस्याईलो
भैलो बाईगो जुम्ला¸ लारु चिउरा कुम्ला
बगाई ल्यायो गुल्ठो¸ यहाँभित्र घरिनाको सुन छापेको चुल्ठो
भैलो बाइगो दाङ¸ लारु चिउरा माग ।

चाँदै चँदरक्या, सिङै समाउतो, पुछरै फुर्क्या
जाङ्ग्रै जाङ् पाट्या, खुट्टै पाउट्या
फुचा गाउँको धुमा
यहाँभित्र घरिनाको आरी काट्या जुमा
चुला पारी माउ छ
सासु भन्दो चामल, बुहारी भन्दो धुलो
यहाँभित्र घरिनाको चटक्कै पाउ पाउ छ ।
०००

तेल माग्दाको भैली गीत–
आकुरो पाखुरो¸ ओखर झार्ने चाखुरो
आकुरो पाखुरो¸ ओखर फुटाल्ने चाखुरो
आकुरो पाखुरो¸ पिना घोल्याउने चाखुरो
आकुरो पाखुरो¸ तेल पेल्ने चाखुरो ।
०००

विदा माग्दै आशिष दिदाको गीत–
चिण्डो पानी फाँच्या
वर्ष दिनको भैलो¸ लाखौं वर्ष बाँच्या ।
(संकलक–जैमल रोकाया, हुम्ला)

ग) दैलेख
दैलेखमा दशैमा खेल्ने भैली गीत एक जनाले भट्ट्याउने र अरुले ×भैलो र भैलोू भन्छन् –
डोट्याल भाइ लामा
काटौला खामा
डोट्याल भाई हलिया
काटौला खलिया
यी फरी उचाँ
काटौला कुच्चा
धेला मुनी जाजर्या डोको
खेलार्या भाई कन बडो बाद्या बोको
सानो घर बनाइय केला हातो पाइय
दाम्डो न चाम्डो केला कोसो गुलियो
भैलारो सुरियो आजका खेल
भैलारा राम्रा ठूलो घर बनाइय।

ठुलो खसी पाइय
यो खसी पाठो¸ छोटो न मोटो
सिङ समाया¸ दो सिंह टोटो
कान समाया¸ कान कन्पुल्त्या
पेट समाया¸ पेट पाट्या
खुट्टा समाया¸ खुट्टा न्याउर्या
पुच्छर समाया¸ पुच्छर धौलो
आजका खेल¸ को आयो नौलो रु
केलही वीर¸ देऊ महाशिष
बलिराज जीअनन्¸ लाख वर्षसम्मै ।

(संकलक–नारायणप्रसाद तिमिल्सेना¸ दैलेख)

तिहारको भैली
तिहारमा भैली गीत खेल्दा ए।। भन्दै भट्याइन्छ। अरु सहभागीहरुले भैलो र भैलो भन्दछन्।
ए जा मेरा भाउल्या
घाटपारी जाइया
फुपु बोलाइ लैया
जा मेरा भाउल्या
मधेश जाइया
दिदी बोलाइ लैया
जा मेरा भाउल्या
हिमाल जाइया
बैना बोलाइ लैया
जा मेरा भाउल्या
घाट पारी जाइया
फुल टिपी लैया
फुपु पैराइया
जा मेरा भाउल्या
मधेश जाइया
माला बुनी लैया
दिदी पैराइ लैया
जा मेरा भाउल्या
हिमाल जाइया
पिठाइयो लैया
बैना पैराइया–२ ।

दिदी र भाई यै बडा चाँड
भैल्यारा भाईयौ
तिहारका बाहा
हामी आयौ खेल्न
वर्ष दिनका
वर्षे बार
बैशाख भैली
गावेली भइछ
घमाइला जेठ
आज भयो भेट
असार भैली
बाइजान आँट्यो
भैल्यार भाइयौ
खुट्टा पसार
साउनका भैली
अँधेरी रात
कोही छैनन् साथ
भदौका भैला
भैलारा भाईका
जुंगा भया कैला
अशोज भैली
टुप्लुक्क आइगो
पिरती लाइगो
कार्तिक भैलो
तिहारको भैलो
दिदीका हात
बहिनीका हात
माला पहिराइ आइक्या
पिठायो लाइन्या
मंसिरको भैलो
अन्नका रैला
पाथी चामल देउला
आशिष लिउला।

पुसका भैला
ध्यू रोटी दिउँला
ध्यू रोटी चुस
माघका भैला
सुनका थैला
भैल्यारा आइयो
माघका दान
हामी आयौ खेल्न
इन्द्रका मान
फागुन फाग
भट्याउन्या जाग
दैलाका दान
दर्शकका मान
चैतका मास
न्याउली बास्न लाइगो
तिहारका टिका
बैनी र भाईको
भैलारा भाइयो
आशिष देओ ।

आइ औशी बार
गाईको तिहार भैलो
दुई दाजुभाई
राँको समाइ
छेकरी छेकन्ता
बौवा फुलन्ता
बौ फूलवारी
धर्म दुवारी
इनुमास क्युकर
सिन्की चिरद्ला
रण कटाउला
बैरी हटाउला
रण जिती आउला
क्या फूल फूल्यो
बाह्र हजारी ।

जा भाउल्या जाइया
फूल टिपी लैया
बुबु पैराइया
डोकु डोकाइया
देउ आशिष
रम्चाउन्या जिउन
लाख वर्ष बाँची
लाख बसीबसी
खेलौला वीर।
(संकलक–नारायणप्रसाद तिमिल्सेना, दैलेख)

देउसी गीत
हा।। हे।। भन्दै भट्याइन्छ । त्यसपछि सबैले देउसी रे भन्ने गर्दछन् ।
ए भन मेरा भाइ हो
वर्षै दिनको
चाड र बाड
घुम्दै फिर्दै
लड्दै र पड्दै
हामी आयौ आँगन
हामी त्यसं आएका होइनौ
बलिराजले पठाएका
कार्तिके दान
थालमा राखी
त्यसमाथि बति
बालेर ल्याइन् ।

यस घरकी बुढी आमा
सय वर्ष बाँचुन्
ढुङ्गा छुँदा
पैसै होओस्
माटो छुँदा
अन्न होस्
घरका जहान
दुबोजस्तै फैलिउन्
बाँसजस्तै बढुन् ।
(संकलक– नारायणप्रसाद तिमिल्सेना, दैलेख)

घ) सल्यान
सल्यान जिल्लाको उत्तर पश्चिम क्षेत्रमा देउसी यसरी खेलिन्छ ।
हुर्र हो – देउस्यो
कुर्र हो – देउस्यो
आइगिम् हामी – देउस्यो
रातो माटो – देउस्यो
चिप्लो बाटो – देउस्यो
खेल्दै आइगिम् – देउस्यो
यसु घरको आगनीमा – देउस्यो
देउसी खेल्न – देउस्यो
आइगिम हामी – देउस्यो
खेल्ने केटा – देउस्यो
आइग्या भनी – देउस्यो
दुस्ख जन नमान्य– देउस्यो
पर्वले – देउस्यो
जोगले – देउस्यो
आइगिम हामी – देउस्यो
औसर माफ – देउस्यो
दुःख मनाउ नगर्नु – देउस्यो
अरुका सँगी धेरै जना – देउस्यो
हाम्रा सँगी चारै जना – देउस्यो
जस्तै गरी – देउस्यो
डाँडामाथि – देउस्यो
फुक्र्या चडी नाच्दछे – देउस्यो
उस्तै गरी नाच हो – देउस्यो।

हुर्र हो – देउस्यो
कुर्र हो – देउस्यो
नाच हो – देउस्यो
खेल हो – देउस्यो
यसु घरको – देउस्यो
तामा पैसो – देउस्यो
सुन चाँदी – देउस्यो
ताउली गाग्री – देउस्यो
हुन्डा खरकाउला – देउस्यो
भोट्या नुन – देउस्यो
सधैँभरि भरियून् – देउस्यो
यसु घरकी मालिक्नी – देउस्यो
बाँचिरहुन् – देउस्यो
हुर्र हो – देउस्यो
कुर्र हो – देउस्यो
(संकलक – मनोहर लामिछाने)

ङ) सल्यान¸ रुकुम र रोल्पा
कर्नाली प्रदेशको सल्यान¸ रुकुम र लुम्बिनी प्रदेशको रोल्पामा खेलिने ढ्याउँसिरे पनि भैली नै हो । त्यहाँ यसरी भट्याइन्छ–
ए भन भन संगी हो – ढ्याउँसिरे
ए स्वर मिलाइ कन – ढ्याउँसिरे
ए भट्टयाउनेको – ढ्याउँसिरे
ए स्वरै राखी – ढ्याउँसिरे
ए बजाउनेको – ढ्याउँसिरे
ए तालै राखी – ढ्याउँसिरे
ए बर्ष दिनको – ढ्याउँसिरे
ए तिहारैमा – ढ्याउँसिरे
ए रामै घरको – ढ्याउँसिरे
ए दलानैमा – ढ्याउँसिरे
ए आयौं हामी – ढ्याउँसिरे
ए आए भनी – ढ्याउँसिरे
ए पीर वादा – ढ्याउँसिरे
ए भट्टयाउने समूह– ढ्याउँसिरे
ए औसर माफ – ढ्याउँसिरे
ए सधैँ हामी – ढ्याउँसिरे
ए आउने छैनौ – ढ्याउँसिरे
ए पुर्खैदेखि – ढ्याउँसिरे
ए चलेको रीति – ढ्याउँसिरे
ए कुकुर तिहार – ढ्याउँसिरे
ए लक्ष्मी पूजा – ढ्याउँसिरे
ए गाई तिहार – ढ्याउँसिरे
ए गोवर्धन पूजा – ढ्याउँसिरे
ए बल्ल तिहार – ”
ए भाइ तिहार – ”
ए निधारैमा – ”
ए टीका लाउने – ”
ए गलियामा – ”
ए मखमली – ”
ए सयपत्री – ”
ए जमराको – ”
ए माला लाउने – ”
ए यो पर्वलाई – ”
ए जनाउनालाई – ”
ए मनाउनालाई – ”
ए आएका हामी – ”
ए ढ्याँउसिरे खेल्दै – ”।

ए घरमूली आमा – ”
ए विदा दिनुस् – ”
ए ढ्याँउसिरेको – ”
ए आसिकैले – ”
ए धन धान्यले – ”
ए पूर्ण हवस् – ”
ए सुखै सुखले – ”
ए घरै छाओस् – ”
ए माटो छोए – ”
ए अन्न होओस् – ”
ए ढुंगा छोए – ”
ए धन होओस् – ”।
(संकलक स् देवा घर्ती, सल्यान)

ङ) बैतडी
बैतडीमा दशैको टीकाको दिनदेखि तिहारको भाइटीकाको रातिसम्म खेलिन्छ ।
छम्म छडिया
भक्कुला मडिया
प्याउलीका फूल
के वार उब्ज्योरु
स्वादकी द्वारी
गाइको तिहार
देलाकी फागु
जो खाला आजु
आजुकी काजु
बढी भौला राजु
र्सेनी बार
खेलानी चाड
खेल हो खेल्दा ।
(संकलक – मनोहर लामिछाने)

३) भैलोको प्रभाव विस्तार सुरुवात

इतिहासको एउटा काल खण्डमा आफ्नो भूमि रक्षा र राज्यको साख बढाउन तथा बचाउन प्रचलनमा ल्याइएको भैलो आज अर्कै रुप र परिवेशमा रुपान्तरित भएर सांस्कृतिक पर्वको रुपमा चलिरहनु लोकको स्वीकारोक्ति वा अनुमोदन हो। करिव ६०० वर्षभन्दा बढी भयो¸ राज्यसत्ता र राजनैतिक अवस्थामा कयौं परिवर्तन आइसके पनि त्यसको प्रभाव हो मा हो गर्दै विस्तार हुँदैछ।
त्यसैले राजनैतिक परिवर्तन गर्न जति सहज हुन्छ¸ सांस्कृतिक मान्यता परिवर्तन गर्न त्यत्ति सहज हुँदैन। लोकले चलाएको प्रचलन लोकले स्वीकार्दासम्म चलिरहन्छ। जुम्लाबाट चलेको भैलो जुम्ला राज्यमा नरहेका अन्य राज्यमा पनि आ–आफ्नै प्रकारले विभिन्न परिवेशमा चलाएको पाइन्छ। भैलोसँगै गाँसिदा देउसी पनि जुम्लामा पुगेको पाइन्छ।
भैलो संस्कृतिमा जाति, धर्म, समुदायमा विभेद नहुनाले यसले सबै कालमा सबै जनमा मान्यता पाइनै रह्यो। तर यसको श्रीवृद्धि र वर्तमानसम्मको निरन्तरतामा खस र खसान क्षेत्रको देनलाई बिर्सन हुँदैन। किनकि खसहरु सधैं उदार थिए, कट्टर थिएनन्। यिनै विशेषताले आज भैलो देउसी संस्कृति अनवरत स्वस्फूर्त रुपले चलिरहेको छ। भैलो धर्म र समुदायमा विशेष नभएर यसको सम्बन्ध भूगोल र अर्थ आर्जनसँग सम्बन्धित छ।