प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज साँझ ५ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्बोधन गर्नेछन् ।