सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशहरुले लिए सपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले शपथ ग्रहण गरेका छन् । बिहीबार शितल निवासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट शपथ ग्रहण गरेका हुन ।

सपथ ग्रहणमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति थियो । राष्ट्रपतिको सचिवालयका अनुसार न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएका हुन ।