काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।
आज ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने भएका हुन् ।
सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
कुल २७५ सदस्यीय संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मतको चाहिन्छ ।
एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै नेकपा एमाले लगायत दलसित सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
































