काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्र०का नारायण प्रसाख दाहाल निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका उम्मेद्वार बनेका उनी निर्वाचित भएका हुन् ।
दाहालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्मालाई पराजित गर्दै ३९ मतका साथ निर्वाचित भएका हुन ।
कांग्रेसको पक्षमा भने १७ मत मात्र परेको थियो ।
दाहाललाई पुष्पकमल दाहाल प्रचण्डका दाइ भन्दै विरोध हुँदै आएको थियो।































