सुदुरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार राष्ट्रियसभा सदस्यमा निर्वाचित

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फका उम्मेदवार निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रका रेनुचन्द विजयी भएका हुन् ।
आज धनगढीमा सम्पन्न निर्वाचनमा अन्य समूहतर्फबाट बोहरा, अपांगताको समूहबाट भट्ट र महिला समूहमा चन्द विजयी भएका हुन् ।

अन्य समूहमा बोहराले चार हजार ३२८ मतभार प्राप्त गर्दा नेकपा ९एमाले०का उकेदवार ईश्वरीप्रसाद खरेलले एक हजार ६९६ मतभार प्राप्त गरेका छन्।
अपांगताका समूहमा भट्टले चार हजार ४१९ मतभार प्राप्त गर्दा प्रत्याशी रामचन्द्र जोशीले एक हजार ५१९ मतभार प्राप्त गरेका छन् ।

साथै महिला समूहमा विजयी चन्दले चार हजार ४५३ र प्रत्याशी सावित्रादेवी घिमिरेले एक हजार ५७१ मतभार पाएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

कुल ५२ प्रदेशसभा सदस्य र १७३ पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदानमा सहभागी थिए ।