गण्डकीमा गठबन्धनका उम्मेदवार विजयी

पोखरा । गण्डकीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

राष्ट्रियसभा अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना, महिला क्लस्टरमा निर्वाचित दीपा गुरुङ र अपाङ्गतारअल्पसंख्यकतर्फ प्रकाश पन्थ २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनबाट निर्वाचित भएका हुन।

केन्द्रका सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसले अन्य क्लस्टरमा गण्डकी कांग्रेसका महामन्त्री किरणबाबु श्रेष्ठ र अपाङ्गगतारअल्पसंख्यक क्लस्टरमा पदम परियारलाई उमेदवार बनाएको थियो । उनीहरु दुवै जना विजयी भएका छन् ।

महिला क्लस्टरबाट माओवादी केन्द्रकी मनरूपा शर्मा ‘विमला’ विजयी भइन ।