बागमतीमा सत्ता गठबन्धनका चारै उम्मेदवार निर्वाचित

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा गठबन्धनका चारै उम्मेदवार निर्वाचित भएका छन् ।

विजयी हुनेमा काङ्ग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् ।

त्यस्तै विजयी महिला तर्फकी कांग्रेसकी पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार काङ्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे ।

विजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्ग्ता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरेका छन् ।

हेटौंडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए ।