एन्फाको सिइओमा इन्द्रमान तुलाधर नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको प्रमुख कार्यकारी अधिकृत सीईओमा इन्द्रमान तुलाधर नियुक्त भएका छन् ।आज बसेको एन्फा कार्यसमिति बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो ।
उनी एन्फाका पूर्व महासचिव हुन ।

२०६३ सालदेखि लगातार एन्फामा कुनै न कुनै भूमिकामा रहेका तुलाधर २०७९ असारमा भएको निर्वाचनमा कर्मा छिरिङको प्यानलमा थिए । तर कर्मा छिरिङ अध्यक्षमा पंकज विक्रम नेम्वाङसँग पराजित भएपछि तुलाधरको एन्फाबाट बहिर्गमन भएको थियो ।