पोखरा । सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् । युकेमा आयोजित संस्थाको सातौं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति छनोट भएको हो ।
१५ औं वार्षिक साधारणसभा तथा साातौँ अधिवेशनले कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्याप्टेन पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन ज्याक गुरुङ चयन गरेको छ ।
त्यस्तै सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय, कार्यसमिति सदस्यमा मनोज गुरुङ, मिलन तमु गुरुङ, सुधा गुरुङ, दल गुरुङ, देव गुरुङ, गम गुरुङ, दीपक राजु गुरुङ, सविन्द्रकुमार गुरुङ,एसके , अमृत गुरुङ र अजयजंग थापा छन् ।


























