ज्योति साहित्य प्रतिष्ठानको कविता बाचन सम्पन्न

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले २०५औँ कविता वाचन सम्पन्न भएको छ । शनिबार ललितपुरको इमाडोलमा आयोजित कार्यक्रममा कविता बाचन सम्पन्न गरिएको हो ।
सोही क्रममा कवि तुलसी दिवस र शैलेन्द्र साकारले साहित्यकार एवम् साहित्यिक पत्रकारहरू किशोर पहाडी र वियोगी बुढाथोकीलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा कवि दिवस, कवि साकार, पहाडी, बुढाथोकी सहित सुनिता अधिकारी, रुबिना रानामगर, जुमन किरण, विनोद खत्री आकाश, सूर्य बस्नेत, नानीमैयाँ अधिकारी, सुधा मिश्र, मणिराज सिंहले मन्तव्यसहित आआफ्नो कविता, गीत, गजलहरू वाचन गरेको थियो ।