हुम्ला गोल्डकपको उपाधि बिजेता इमर्जिङ क्लब

हुम्ला — पहिलो पटक हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालन भएको हुम्ला गोल्ड कप २०८० को उपाधि इमर्जिङ युवा क्लब, सिमकोट ४ ले जितेको छ । शुक्रबार सिमकोट खेल मैदानमा भएको फाइनल खेलमा इमर्जिङ युवा क्लब सिमकोट ४ ले चाङ्लालाई १ – ० ले हराउँदै उपाधि जितेको हो । इमर्जिङ युवा क्लबका दीपक शाहीले मध्यान्तरअघि गरेको एक गोल नै उपाधिका लागि निर्णायक बनेको थियो । विजेता टोलीले २ लाख १ सय ११ रुपैयाँ र द्वितीय हुने टिमले १ लाख ११ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चाङलाका नवीन शिलवाल, डिफेन्समा इमर्जिङका अनिस परियार, मिडफिल्डरमा इमर्जिङकै छवाङ लामा, उच्च गोलकर्ता ठेहेका चन्द्र भण्डारी भएका छन् ।

त्यस्तै नयाँ प्रवेशी टिममा पत्रकार महासंघ, अनुशासित टिममा स्याँडा युवा हिमाली क्लब , उदीयमान खेलाडीको अवार्ड ज्याकबन बुढा र उत्कृष्ट खेलाडीमा चक्र लामा छनोट भएका छन् ।