विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डले घोषणा गर्यो राष्ट्रिय टिम

काठमाडौं । विश्वकप क्रिकेटका लागि न्युजिल्याण्डले राष्ट्रिय टिम घोषणा गरेको छ । यस वर्षको लागि १५ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको हो ।
२०१९ को क्रिकेटमा न्युजिल्याण्ड उपविजेता भएको थियो । टिमका कप्तानमा ३० वर्षीया केन विलियमसन छन् ।

विलियम्सन र तीब्र गतिका बलर टिम साउथी दुवै चौथो विश्वकपमा सहभागी हुँदैछन् । न्युजिल्यान्ड टिममा केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिच सान्टनर, इश सोधी, टिम साउथी, विल योङ रहेका छन् ।